१४ असार २०८३, आइतबार

नेपालमा पत्रिकाको संख्या साढे ७ हजार !

कात्तिक २०, २०७४
नेपालमा पत्रिकाको संख्या साढे ७ हजार !

काठमाडौं, १५ जेठ –नेपालमा पत्रपत्रिकाको संख्या करीव साढे ७ हजार रहेको पाइएको छ । आर्थिक सर्वेक्षण आर्थिक वर्ष (आव) २०७४/७५ का अनुसार नेपालमा पत्रपत्रिकाको संख्या गत फागुनसम्ममा ७ हजार ३ सय ७० पुगेको छ ।

सर्वेक्षणमा उल्लेख भएअनुसार उक्त अवधिसम्ममा सबैभन्दा धेरै संख्या साप्ताहिक पत्रपत्रिकाको छ । उक्त अवधिमा साप्ताहिक पत्रपत्रिकाको दर्ता संख्या २ हजार ८ सय ४ पुगेको छ । त्यस्तै, मासिक पत्रिकाको संख्या २ हजार २ सय १४, दैनिक पत्रिकाको संख्या ६ सय ७६, त्रैमासिकको संख्या ६ सय ९ र पाक्षिकको संख्या ४ सय ६३ पुगेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा गत फागुनसम्ममा द्वैमासिकको संख्या ३ सय ६४, वार्षिकको संख्या ९०, अर्धवार्षिकको संख्या ८२, चौमासिकको संख्या ३५ र सबैभन्दा कम अर्धसाप्ताहिकको दर्ता संख्या ३३ छ ।

आव २०६९/७० मा सबै प्रकारका पत्रपत्रिकाको संख्या ६ हजार ६ सय ९० थियो । आव २०७०÷७१ मा उक्त संख्या ६ हजार ८ सय ४७ हुँदै आव २०७१/७२ मा ७ हजार १९ पुगेको थियो । आव ७२÷७३ मा मुलुकभर पत्रपत्रिकाको संख्या ७ हजार ३ सय ६९ पुगेको थियो ।

हालसम्म दर्ता भएका पत्रपत्रिकामध्ये करीव ६८ प्रतिशत नेपाली, १८ प्रतिशत नेपाली÷अंग्रेजी र ७ प्रतिशत अंग्रेजी छन् ।

salt training

कमेन्ट गर्नुहोस्