×

NMB BANK
NIC ASIA

पूरा भएन आश्वासन, स्थानीय भन्छन्– प्रचण्डले निराश बनाए

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय पहिले सिरहामा आयोजित एक कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरूको सुविधाको लागि जनकपुरमा वैदेशिक रोजगार विभागको श्रम कार्यालय सञ्चालन गर्ने घोषणा गरेका थिए । श्रम कार्यालय खोलेपछि वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जान खोज्ने कामदारले श्रम स्वीकृतिदेखि विभिन्न कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने आश्वासन उनले दिएका थिए ।

प्रधानमन्त्रीको उक्त घोषणापछि मध्य तराइका युवाहरूमा खुसी छाएको थियो । तर, प्रधानमन्त्री पदबाट राजीनामा दिएर हाल कामचलाउ प्रधानमन्त्रीमा सीमित भइसक्दा पनि प्रतिवद्वतामुताविक श्रम कार्यालय स्थापनाको हुन नसकेपछि अहिले जनकपुरवासीले सुविधाको आस मारेका छन् ।

कार्यालय स्थापना गर्ने सन्दर्भमा हालसम्म ‘सिन्को भाँचिएको’ छैन । अहिले यहाँका स्थानीय प्रधानमन्त्रीले आश्वासन बाँडेर पूरा नगरेकोमा निराश देखिन्छन् । प्रधानमन्त्रीले प्रतिवद्वता जनाएबमोजिम काम अघि बढेको भए हालसम्म उक्त श्रम कार्यालय सञ्चालनमा आइसकेको हुनेथियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले श्रम कार्यालय स्थापना सम्बन्धि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट हालसम्म आवश्यक पत्राचार र पहल नभएको बताए । ‘वैदेशिक रोजगार विभागबाट पनि कुनै जानकारी दिइएको छैन,’ उनले भने ।

प्रचण्ड सरकारका कानून मन्त्री अजय शंकर नायक प्रधानमन्त्रीले घोषणा गरे अनुरुप सो कार्यालय जनकपुरमै स्थापना हुने बताउँछन । ‘प्रधानमन्त्रीले घोषणा गर्दा म पनि सहभागी थिएँ । श्रम कार्यालय जनकपुर मै संचालन हुन्छ,’ उनले भने, ‘अहिले पूर्ण बजेट नआएको र थप नयाँ कार्यक्रम पनि नल्याइएकाले पछि त्यो कार्यालय संचालन सन्दर्भमा बजेटमा समावेश गरिनेछ ।’ नायकले लोकान्तरसँग भने ।

अञ्चल श्रम कार्यालय जनकपुरका अनुसार वैशाखको पहिलो साता वैदेशिक रोजगार विभागका कर्मचारीहरूको टोली जनकपुर आएर कार्यालय संचालनका लागि आवश्यक आवासको बारेमा जानकारी लिएको थियो । तर, त्यसयता कुनै पनि काम अघि बढेको छैन । बरु उक्त कार्यालय महोत्तरीको बर्दिवासमा सारिने हल्ला चलेको छ । त्यसले स्थानीयमा निराशा थपेको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही लगायत प्रदेश नम्बर २ का जिल्लाहरूका लागि उक्त कार्यालय जनकपुरमा खोलिने बताइएको थियो । उक्त कार्यालय संचालनमा आए श्रम स्वीकृति लिन र मेडिकल जाँच गराउन राजधानी जानुपर्ने बाध्यता अन्त्य हुन्छ । त्यो कार्यालय संचालनमा आए जनकपुरमा दैनिक ५ सय देखि १ हजार मानिसहरूको आवागमन वढ्ने छ ।

धनुषाबाट मात्र एक लाख वैदेशिक रोजगारीमा 
पछिल्ला वर्षहरूमा मध्य तराइका धनुषा, महोत्तरी, सर्लाही लगायत जिल्लाका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा गएका छन् ।

धनुषाबाटमात्रै आर्थिक वर्ष (आव) २०६५/०६६ मा १० हजार ९ सय ५० जना, आव २०६६/०६७ मा ११ हजार ९ सय ४२ जना, आव २०६७/०६८ मा ११ हजार ९ सय २३ जना र आव २०६८/०६९ मा ११ हजार ६ सय ४३ जना वैदेशिक रोजगारीमा गएका थिए ।

त्यस्तै, धनुषाबाटै आव २०६९/०७० मा १८ हजार ८ सय ९४, आव २०७०/०७१ मा २१ हजार ३ सय ५७ जना र आव २०७१/०७२ मा २२ हजार २ सय ५९ जना वैदेशिक रोजगारीमा गएका थिए ।

पछिल्लो ७ वर्षमामात्रै धनुषाबाट १ लाख ८ हजार ९ सय ६८ जना वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । जसमध्ये १ सय ९० जना महिला पनि छन् । सोही हाराहारीमा तराई मधेसका अन्य जिल्लाहरुबाट पनि वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्याङ्क छ ।

जनकपुरमा श्रम कार्यालय संचालनमा आए वैदेशिक रोजगारीका लागि हुने प्रक्रियागत झण्झट धेरै कम हुने सेवाग्राही बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x