
चर्को गर्मीबाट बच्नका लागि चिसो कुरा खानेपिउने बेला आएको छ ।
यस्तो बेलामा मानिसहरू कोल्ड ड्रिंक पिउने गर्छन् । तर यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
गर्मी भगाउन तपाईं बेलको शर्बत पिउन सक्नुहुन्छ । बेलमा क्याल्सियम, फस्फोरस, फाइबर, प्रोटीन, आइरन लगायतका पोषक तत्त्व हुन्छन् । यसले लूबाट बचाउने र पाचनक्रिया सही राख्ने काम गर्छ ।
बेलको शर्बत बनाउने रेसिपी हामी तपाईंलाई सिकाउँछौं ।
सामग्री
बेल दुईवटा
चिनी चार सानो चम्चा
बीरे नून स्वादअनुसार
भुटेको जीरा एक सानो चम्चा
पानी आवश्यकता अनुसार
विधि
बेललाई धोएर काट्नुस् ।
त्यसको गुदी निकाल्नुस् ।
एउटा बाउलमा बेलको गुदी राखेर त्यसको दुईगुणा पानी राख्नुस् ।
गुदीलाई राम्ररी पानीमा मोल्नुस् र
अब यसलाई जालीले छानेर रसमा चिनी राख्नुस् ।
त्यसमा चिसो पानी वा बरफको टुक्रा राख्नुस् ।
नून र जीरा मिसाएर चिसैमा पिउनुस् ।