०५ असार २०८३, शुक्रबार

२२ करोड रुपैयाँमा बिक्यो कान्ये वेस्टको जुत्ता !

बैशाख १४, २०७८
२२ करोड रुपैयाँमा बिक्यो कान्ये वेस्टको जुत्ता !

अमेरिकाका प्रख्यात र्‍याप गायक कान्ये वेस्टका जुत्ताहरू कीर्तिमान रकममा बिकेका छन् । 

ती जुत्ताका लागि २२ करोड रुपैयाँ खर्च गरिएको छ । कान्येले नाइक एयर यीजी नामक ती जुत्ता ग्रामी पुरस्कार समारोहमा लगाएका थिए । 
 

लिलामबिक्री गर्ने संस्था सोथेबीका अनुसार, यो जुत्ताले बिक्रीमा कीर्तिमान बनाएको हो । सन् २००८ को ग्रामी अवार्डमा कान्येले यिनै काला जुत्ता लगाएर हे मामा र स्ट्रंगर जस्ता गीत गाएका थिए । 
 

कान्येको जुत्ता आरएआरईएस नामक संस्थाले किनेको हो । उक्त संस्था स्नीकर इन्भेस्टमेन्ट मार्केटप्लेस हो जसले मानिसहरूलाई दुर्लभ जुत्ता किन्ने अवसर दिन्छ । 
 

आरएआरईएसबाट जसले पनि यो जुत्ता किन्न सक्छ । तर त्यसका लागि उक्त व्यक्तिले कम्पनीको शेयर किन्नुपर्छ र लगानीकर्ता बन्नुपर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्