०३ साउन २०८३, आइतबार

अध्ययनमा खुलासा : चुरोट पिउने मानिससँग बस्दा नपिउनेलाई पनि मुखको क्यान्सरको खतरा

साउन २, २०७८
अध्ययनमा खुलासा : चुरोट पिउने मानिससँग बस्दा नपिउनेलाई पनि मुखको क्यान्सरको खतरा

चुरोट पिउने मानिससँग बस्ने तर आफू चाहिँ नपिउने मानिसलाई समेत मुखको क्यान्सरको जोखिम ५१ प्रतिशत बढी हुने एक अध्ययनले देखाएको छ । 

चुरोट पिउने गर्दा मुख, घाँटी र ओठको क्यान्सर हुने अनि फोक्सो, पेट र अन्य अंग पनि जोखिममा पर्ने धेरै पहिलेबाट थाहा भएको कुरा हो । 

तर किंग्स कलेज लन्डनको नयाँ अध्ययनले अर्काले फालेको धूवाँमा लामो समय बस्दा मुखको क्यान्सरको खतरा धेरै बढ्ने पत्ता लागेको छ । 

चुरोट, पाइप र सिगारको धूवाँ लिँदा पनि स्वास्थ्य जोखिम बढी हुने भएकाले स्वास्थ्य अधिकारीहरू चिन्तित छन् । 

विगतका अध्ययनले सेकेन्ड ह्यान्ड धूम्रपानका कारण फोक्सोको क्यान्सर हुने देखाएका छन् तर यस अध्ययनले पहिलोपटक मुखको क्यान्सरसँग यसलाई जोडेको छ । 
 

कार्सिनोजिन भएका चुरोटहरूले संसारभरि क्यान्सरका कारण हुने मृत्युको २० प्रतिशत भाग ओगटेका छन् । 

तीनमध्ये एक वयस्क र ४० प्रतिशत बालबालिका अर्काले फालेको धूवाँका कारण जोखिममा पर्ने गरेका छन् । 
 

टोबाको कन्ट्रोल नामक जर्नलमा यो विश्लेषण प्रकाशित भएको हो । निरन्तर चुरोटेसँग बस्नुपर्दा क्यान्सरको जोखिम झन् बढ्ने अध्ययनले देखाएको छ । 
 

चुरोट पिउने मानिससँग एउटै घरमा १५ वर्ष बस्दा नपिउने व्यक्तिलाई पनि मुखको क्यान्सर हुने सम्भावना दुईगुणा बढी हुने अध्येताहरूको निष्कर्ष छ । 

salt training

कमेन्ट गर्नुहोस्