०१ असार २०८३, सोमबार

संसारभरि फ्री कल गर्नलाई यो वेबसाइट काम लाग्छ

कात्तिक २०, २०७४
संसारभरि फ्री कल गर्नलाई यो वेबसाइट काम लाग्छ

काठमाडौं, १५ जेठ — आजको यो प्रतिस्पर्धाको युगमा जे कुरा पनि सजिलै पाइन्छ । अनि इन्टरनेटमा त फ्री कलिङका लागि विभिन्न अफर पाइन्छन् । त्यस्ता वेबसाइटमा एकचोटि अकाउन्ट बनाएर केही मिनेटका लागि तपाईंले फ्री कलिङ भ्यालु पाउनुहुन्छ ।


तर वेबसाइटपिच्छे बारम्बार अकाउन्ट बनाउनु झन्झटिलो काम हो । योभन्दा त बरू सस्तो कलरेट भएका फोन नै ठीक भन्ने पनि लाग्दो हो तपाईंलाई ।

तर एउटा यस्तो वेबसाइट छ जहाँ अकाउन्ट नखोलिकनै तपाईंले त्यसको ड्याशबोर्डबाट फ्री कल गर्ने सुविधा पाउनुहुन्छ । अनि यसबाट देशमा मात्र नभई विदेशबाट पनि कल गर्न सक्नुहुन्छ । यसबाट गरिएको कल क्वालिटी ठीकै हुन्छ, बोलेको नबुझिने हुँदैन ।

यसका लागि सबभन्दा पहिले https://call2friends.com/ मा जानुस् । त्यहाँ एक डायलप्याड हुन्छ । त्यो डायलप्याडमा तपाईंले जुन देशमा कुरा गर्न खोजेको हो, त्यसको कन्ट्री कोड अनि फोन नम्बर इन्टर गरेपछि ग्रीन बटनमा क्लिक गर्नुस् ।

त्यसपछि तपाईंलाई त्यो कलमा पाइने फ्री कल अवधिका बारेमा बताइनेछ अनि तपाईंलाई त्यतिखेरसम्म फ्री कल पाउन सक्नुहुन्छ । फोनमा ब्यालेन्स छैन भने कल ब्याक रिक्वेस्ट गर्न सक्नुुहुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्