१२ असार २०८३, शुक्रबार

मदन भण्डारी राजमार्ग तम्घास, रोल्पा हुँदै सुर्खेत जोडिने

बैशाख १४, २०७८
मदन भण्डारी राजमार्ग तम्घास, रोल्पा हुँदै सुर्खेत जोडिने

मदन भण्डारी मध्यपहाडी राजमार्गको मध्यभागको रेखांकनको काम टुंगिएको छ ।

राजमार्ग अब गुल्मीको सदरमुकाम तम्घास, प्युठानको विजुवार, रोल्पाको लिवाङ, सल्यानको खलंगा हुँदै सुर्खेतको वीरेन्द्रनगर जोडिने छ । 

परराष्ट्रमन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीले राजमार्गको मध्यभागको रेखांकन टुंगिएको जानकारी गराए ।

‘मदन भण्डारी राष्ट्रिय राजमार्ग (एनएच शून्य नाइन) को मध्यभागको रेखांकन टुंगिएको छ । अब यो राजमार्ग रिडी–तम्घास–सिमलटारी–सौतामारे–मच्छी–बिजुवार–चकचके–खुङग्री–लिवाङ्ग–घर्तिगाउँ–सुखाओडार–पातीहाल्ने–थारमारे बागमारे–सितलपाटी–सल्यान खलंगा–कुभिण्डे दह–बालुवा संग्रही–बोटेचौर–भेडावारी–धुलीयाबिट–विरेन्द्रनगर (सुर्खेत) कायम हुनेछ,’ मन्त्री ज्ञवालीले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखेका छन् ।

मदन भण्डारी राष्ट्रिय राजमार्ग (NH09) को मध्यभागको रेखांकन टुंगिएको छ । अब यो राजमार्ग ...

Posted by Pradeep Gyawali on Monday, April 26, 2021

salt training

कमेन्ट गर्नुहोस्