११ असार २०८३, बिहीबार

रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

बैशाख १४, २०७८
रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउन, निषेधाज्ञा वा अरु कुनै मोडालिटीका विषयमा स्थानीय तह, राजनीतिक दल, व्यावसायिक संघ, संगठन, यातायात व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।

रुपन्देही जिल्लामा लकडाउन गर्ने वा निषेधाज्ञा गर्ने वा अन्य कुनै मोडालिटीमा जाने भन्ने विषयमा बुधवार डीसीसीएमसी रुपन्देही (जिल्ला कोभिड संकट व्यवस्थापन समिति) को बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए ।

‘लकडाउन वा निषेधाज्ञा जे लगाइए पनि कडा किसिमको हुन्छ । वैशाख १६ गतेदेखि वैशाख २९ गते २ हप्ताका लागि जिल्लामा लकडाउन वा निषेधाज्ञा  वा नयाँ किसिमको मोडालिटी लागू हुनेछ,’ सूचना अधिकारी थापाले भने । 

अहिलेको लकडाउन वा निषेधाज्ञा जे भए पनि कडा रूपमा प्रस्तुत हुने र मुख्य उद्देश्य भनेकै ‘चेन ब्रेक’ गर्ने रहेको थापाले बताए । लकडाउन वा निषेधाज्ञामा के–के खुल्ने वा नखुल्ने भन्ने मापदण्ड पनि बुधवार नै सार्वजनिक हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्