०४ असार २०८३, बिहीबार

अनौठो रोग : हाँसो रोक्न नसकेर बेहोस !

बैशाख १४, २०७८
अनौठो रोग : हाँसो रोक्न नसकेर बेहोस !
प्रतिकात्मक तस्वीर

सामान्यतया हाँस्नुलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर हाँस्दाहाँस्दै रोक्न नसकेपछि बेहोस हुने रोगले एक महिला हैरान भएकी छन् ।

बेलायतकी बेला किलमार्टिनमा २ किसिमका रोग छन्, नारकोलेप्सी र केटाप्लेक्सी । नारकोलेप्सी भनेको धेरै निद्रा लाग्नु हो भने केटाप्लेक्सी भनेको शरीरमाथि नियन्त्रण गर्न सक्नु हो ।

जब यी महिला हाँस्न थाल्छिन् तब शरीरमाथिको नियन्त्रण गुमाएर बेहोस हुन्छिन् अनि निद्रामा जान्छिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाँस्दाहाँस्दै यी महिला ‘शटडाउन’ हुन्छिन् ।

एकपल्ट स्वीमिङ पुलमा यी महिला हाँस्न थालिन् र बेहोस भइन् । त्यसपछि उनी पानीमा डुबिन् । नजिकै मान्छे भएकाले उनलाई पानीबाट निकालेर बचाएका थिए । त्यसैले यी महिला हाँस्ने विषयमा सतर्क रहने गरेकी छन् ।

कसैले अचानक रोचक कुरा वा हसाउने कुरा गर्दा उनलाई समस्या हुन्छ । यस्ता कुरा सुन्दा हाँसो उठ्ने र हाँस्दाहाँस्दै बेहोस हुने समस्या उनमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्