०६ असार २०८३, शनिबार

भारत : स्यानिटाइजरको अत्यधिक उपयोगका कारण अस्पतालको आईसीयूमा आगलागी

बैशाख १४, २०७८
भारत : स्यानिटाइजरको अत्यधिक उपयोगका कारण अस्पतालको आईसीयूमा आगलागी

भारतको महाराष्ट्रमा गत शुक्रवार विजय वल्लभ अस्पतालमा रहेको आईसीयूमा अत्यधिक स्यानिटाइजरको उपयोग गरिएकाले हावामा अल्कोहलको मात्रा बढी भएर आगलागी भएको अग्नि विशेषज्ञ नीलेश उकुन्देले बताएका छन् । 

उक्त घटनामा १५ जना रोगीको ज्यान गएको थियो । 
 

उकुन्दे आधिकारिक फरेन्सिक अग्नि अनुसन्धाता हुन् र उनी अस्पतालमा भएको आगलागीको अनुसन्धान गरिरहेका छन् । उनका अनुसार, सबै कोभिड अस्पतालले हातमा, रोगीका लागि र भुइँ सफा गर्न स्यानिटाइजर प्रयोग गरिरहेका छन् । 

अप्रिल ९ मा नागपुरको वादीमा एक निजी अस्पतालको आईसीयूमा पनि आगलागी हुँदा कोभिडका चारजना रोगीको ज्यान गएको थियो । 

‘स्यानिटाइजरमा भएको अल्कोहलको उच्च मात्रा आईसीयू र वार्डको वातावरणमा पाइन्छन् । यो हलुका हुनाले छतमा गएर टाँसिन्छ । हावा निस्कने भेन्टिलेसन छैन भने अल्कोहल त्यहीँ बसिरहन्छ र शर्ट सर्किट भएमा हावामा रहेको अल्कोहल हुर्र बल्छ अनि केही सेकेन्डभित्रै सबै कुरा डढाइदिन्छ,’ उकुन्देले भने । 

एसीको तारमा शर्ट सर्किट हुँदा विरारको अस्पतालमा आगो लागेको हो । 

आईसीयूमा क्रस भेन्टिलेसन थिएन । सबै कोभिड अस्पतालमा प्राकृतिक वा कृत्रिम क्रस भेन्टिलेसन हुनुपर्र्छ ताकि छतमा टाँसिएको हावा बाहिर जान पाओस्, उनले बताए । 

अनि आईसीयूमा प्रवेश गर्न र निस्कन एउटा मात्र ढोका थियो जुन आफैंमा एक समस्या हो । 
 

salt training

कमेन्ट गर्नुहोस्