
काठमाडौं, १५ जेठ — कासारहरूको अवस्थामा आधारित रही अन्तर्राष्ट्रिय खगोलविद्हरूले ब्रह्माण्डको पहिलो विशाल नक्सा बनाएका छन् । ती खगोलविद्हरू स्लोआन डिजिटल स्काई सर्भेसँग आबद्ध छन् ।

यो नक्साबाट डार्क एनर्जीका बारेमा बुझ्न खगोलविद्हरूलाई सहज हुनेछ ।
‘ब्रह्माण्डको गतिको रहस्यलाई उजागर गर्नका लागि खगोलविद्हरूले विगत केही वर्षयता ब्रह्माण्डको नक्सा बनाउन खोजिरहेका थिए । चिनियाँ खगोलविद्हरूले यसमा ठूलो योगदान पु–याएका छन्,’ चिनियाँ खगोल संस्था सुए सुइजियानले बताए ।
कासारहरू अविश्वसनीय रूपमा चम्किला र सुदूर प्रकाश विन्दु हुन् र यिनलाई अत्यन्त विशाल ब्ल्याक होलहरूले ऊर्जा दिन्छन् । कासारको ब्ल्याक होलमा तत्त्व र ऊर्जा खस्दा तिनीहरू अविश्वनीय तापक्रमसम्म तात्छन् र चम्किन थाल्छन् ।
यही चमकलाई पृथ्वीमा रहेको शक्तिशाली २.५ मिटरको दूरबीनले हेर्न सक्छ । दूरबीनबाट हेर्दा वैज्ञानिकहरूले कासारका दूरीहरू पत्ता लगाए र त्यसैको आधारमा थ्रीडाइमेन्सनल नक्सा बनाए ।
नक्सा बनाउनका लागि खगोलविद्हरूले थुप्रै कासारको अध्ययन गरेका थिए ।
सिन्ह्वाबाट