
नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा महिला ३३%, दलित १५% र युवा २०% समावेश गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा कमिटीलाई समावेशी बनाउने निर्णय गरेको नेता जनार्दन शर्माले जानकारी दिए ।
नेता शर्माले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘अध्यक्ष क. प्रचण्डको प्रस्तावमा महिला ३३%, दलित १५% र युवा २०% सहितको समावेशी कमिटी बनाउने निर्णय नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले गरेको छ । पार्टी निर्माणको लागि यो निर्णय दूरगामी महत्त्वको हुनेछ ।’