०५ असार २०८३, शुक्रबार

चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँग उपप्रधानमन्त्रीको छलफल

बैशाख १४, २०७८
चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँग उपप्रधानमन्त्रीको छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् ।  असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए ।

उपप्रधानमन्त्री पोखरेल सोमबार बाँसबारीस्थित गंगालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तरगत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए ।

निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्वता अनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको उनले बताए ।
 सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु दिन उपप्रधानमन्त्री पोखरेलले आग्रह पनि गरे ।

 छलफलमा काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेश सभा सदस्य दीपक निरौला पनि सहभागी थिए ।  

salt training

कमेन्ट गर्नुहोस्