१० असार २०८३, बुधबार

निषेधाज्ञाका बेला विवाहका सवारीसाधनलाई पास नचाहिने

बैशाख १५, २०७८
निषेधाज्ञाका बेला विवाहका सवारीसाधनलाई पास नचाहिने

निषेधाज्ञाको समयमा विवाहका लागि प्रयोग गरिने सवारीसाधनका लागि पास नचाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा विवाहका पास नचाहिने उल्लेख गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलवार जारी गरेको थप आदेशमा सवारीमा दुलहा–दुलहीसहित १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलही सहितका) हरूले ब्यानर सहितका २ वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी अनुमति पास लिनुपर्ने । विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा चालक सहित बढीमा ७ जना सम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेश गर्नुपर्ने । मृत्यु संस्कार र बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने ।’

अत्यावश्यक खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १०ः०० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । बैंक तथा वित्तीय संस्था, विमा एवं वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधनहरू सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्