बुधवार बिहान भारतको असम राज्यमा भूकम्पको ठूलो झड्का अनुभव गरिएको छ । यो भूकम्पको म्याग्निच्युड ६.४ भएको बताइएको छ ।
यसको केन्द्रविन्दु असमको सोनितपुर हो । भूकम्पपछि जमीनमा उठेको लहर कैयौं मिनेटसम्म अनुभव गरिएको छ । असममा यही महिना दोस्रो ठूलो झड्का हो ।
संसारभरिका भूगर्भशास्त्री तथा भूकम्पविद्हरूले अहिले पृथ्वीका टेक्टोनिक प्लेटहरू सरिरहेकाले भूकम्प आइरहेको बताए ।
गर्मीमा पृथ्वीमुनिको गतिविधि बढ्ने गर्छ । दुईवटा टेक्टोनिक प्लेटहरूबीच बनेको ग्यास वा प्रेसर रिलीज हुँदा भूकम्पको झड्का अनुभव हुन्छ । गर्मीमा यस्तो बढी हुन्छ ।
भारतीय टेक्टोनिक प्लेट हिमालयको प्लेटतर्फ सरिरहेको बताइएको छ । त्यसैले गर्मी महिनामा बढी झड्काहरू लागिरहेका छन् ।