११ असार २०८३, बिहीबार

कोरोना महामारीका कारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

बैशाख १५, २०७८
कोरोना महामारीका कारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

आज बुधवार बस्ने गरी तय भएको बैठक कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बढ्दो कोरोना संक्रमण महामारीका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय, अर्काे बैठक बस्ने मितिको जानकारी पछि गराइने ।’

बैठकका लागि कांग्रेसले सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरेको भएपनि बैठक स्थगित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्