०९ असार २०८३, मंगलबार

भारत : अक्सिजन सिलिन्डर भर्ने विषयमा विवाद, चल्यो गोली

बैशाख १५, २०७८
भारत : अक्सिजन सिलिन्डर भर्ने विषयमा विवाद, चल्यो गोली

कोरोनाभाइरसको दोस्रो लहरले भारतलाई नराम्ररी हल्लाएको छ । अक्सिजनको चरम अभावका कारण मानिसहरूले समस्या बेहोर्नुपरेको छ 

अक्सिजनका लागि मानिसहरू एकअर्काको ज्यान लिन पनि पछि परेका छैनन् । 

गुजरातको कच्छमा केही मानिस अक्सिजन सिलिन्डर रिफिल गर्ने कम्पनीभित्र पसे र त्यहाँका कर्मचारीहरूलाई धम्क्याउँदै गोली चलाए । 

कम्पनीका कर्मचारी र बदमासहरूबीच अक्सिजन भर्ने विषयमा विवाद हुँदा गुण्डाहरूले बन्दूक तेर्स्याए र कुटपिट गर्न थाले । एउटोले हावामा तीनपटक गोली चलाएर सबैलाई तर्सायो । 

उनीहरूले सिलिन्डर पनि लिएर गए । 

घटनाको सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुग्यो । 

प्रहरीले बदमासहरूका विरुद्ध उजुरी दर्ता गरेको छ । उनीहरूलाई छिट्टै समात्ने प्रहरीको दाबी छ । 

तर घटनाले कम्पनीका कम्पनीहरू नराम्ररी तर्सिएका छन् । उनीहरूलाई काम गर्न समेत मन लागेको छैन । 

गुजरातमा कोरोना संकट दिनदिनै बढिरहेको छ । मानिसहरूले उपचारका लागि शय्या र अक्सिजन केही पनि पाएका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्