२५ असार २०८३, बिहीबार

कोरोनाबाट बचाउन भन्दै झुप्रोमा राखे बच्चा, आगो लागेर जिउँदै जले

बैशाख १५, २०७८
कोरोनाबाट बचाउन भन्दै झुप्रोमा राखे बच्चा, आगो लागेर जिउँदै जले

भारतको बिहार राज्यमा पटना नजिक अलाउद्दीनचक गाउँबाट मुटु कँपाउने खबर आएको छ । 

आफ्ना चारजना बालबालिकालाई कोरोनाको कहरबाट जोगाउनका लागि मातापिताले एउटा झुप्रोमा बन्द गरेका थिए । तर झुप्रोमा आगो लागेपछि चारै बालबालिका जिउँदै जलेर मरे । 

बच्चाहरूलाई झुप्रोमा राखेर ढोका थुनी मातापिता खेतमा काम गर्न गएका थिए । तर झुप्रोमा अचानक आगो लाग्यो र चारै बच्चा जले । 

गाउँमा शोकको लहर दौडिएको छ । मातापिता रोएर बेहाल छन् । 

दलित पासवान परिवार गरीब छ र झुप्रोमा बस्ने गर्छ । घरमा तीन छोरा र एक छोरी थिए । गाउँमा कोरोना फैलिएकाले बच्चाहरू बाहिर जाँदा संक्रमित होलान् भनी मातापिताले झुप्रोमा ढोका लगाएर भित्र राखी खेत गएका थिए । 

झुप्रोमा आगो लागेपछि गाउँलेहरूले निभाउने कोशिश गरेका थिए तर बच्चाहरूलाई जोगाउन सकेनन् । 

बच्चाहरू डढेर अनुहार पनि चिन्न नसकिने भएका थिए । 

सूचना पाएपछि पुनपुन थानाको प्रहरी घटनास्थल पुगेको थियो र चारै बच्चाको शवलाई पोस्टमोर्टमका लागि पठाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्