३० असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै जसपा नेता महतोले भने : ‘बाँकी मुद्दा पनि छिटै फिर्ता लिनुस्’

बैशाख १५, २०७८
प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै जसपा नेता महतोले भने : ‘बाँकी मुद्दा पनि छिटै फिर्ता लिनुस्’

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये फिर्ता गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाले धन्यवाद दिएको छ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओली सरकारलाई धन्यवाद प्रकट गरेका छन्।

१ सय २० जना प्रतिवादी रहेको १५ थान मुद्दा ओली सरकारले फिर्ता लिए पछि धन्यवाद दिँदै महतोले भने,‘सरकारले मुद्दा फिर्ताको काम शुरू गरेकोमा धेरै धेरै धन्यवाद छ, अब बाँकी रहेको मुद्दा पनि छिटो भन्दा छिटो फिर्ता लिओस् । ’ ​

यता सरकारले पनि कानून र संविधान बमोजिम फिर्ता लिन मिल्ने मुद्दा क्रमशः फिर्ता लिइने सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमा बताएका छन् । 

जसपाले २ सय २४ जना प्रतिवादी रहेको कुल २६ थान मुद्दाको सूची अहिले सरकारलाई बुझाएको छ । जसमध्ये १२० जना प्रतिवादी रहेको १५ थान मुद्दा पहिलो चरणमा सरकारले फिर्ता गरेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्