२३ असार २०८३, मंगलबार
मतदानको दिन अनेक झमेला

आफ्ना सांसदको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चाले निवेदन दिएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

बैशाख १५, २०७८
आफ्ना सांसदको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चाले निवेदन दिएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय जनमोर्चाले निवेदन दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने बुधवारको प्रदेश सभा बैठक स्थगित भएको छ ।

जनमोर्चाको मागपछि प्रदेश सभाका सचिवले सूचना प्रकाशित गरी आजको बैठक स्थगित भएको जानकारी गराएका छन् ।

जनमोर्चाकी सचेतक पियारी थापाले आफ्ना सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै बैठक रोक्न सचिवालयमा निवेदन दिएकी थिइन् ।

साढे ४ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको छ । स्वतन्त्र सांसद दीपक मनाङे पनि बुधवारको बैठकमा उपस्थित छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्