
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ४ हजार ८ सय ९७ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा एन्टीजेनतर्फ १ सय २३ र पीसीआरतर्फ ४ हजार ७७४ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ७३ जना निको भएका छन् ।