
काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । यसअघि नै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइएको छ भने यातायात बन्द गरिएको छ ।
यसैबीच उपत्यकामा निषेधाज्ञाको समयमा पेट्रोल पम्पहरु खुल्ला हुने भएका छन् । नेपाल आयाल निगमले बुधबार एक सूचना जारी गर्दै बागमती प्रदेश थानकोट कार्यालयसहित उपत्यका भित्रका निगमका आधिकारिक पम्पहरु बन्द नहुने स्पष्ट पारेको हो।