२८ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

असार ३, २०८३
काठमाडौं
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ कायम भएको छ ।

मङ्गलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० र चाँदी चार हजार ९९० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्