०४ असार २०८३, बिहीबार

कोरोना रोकथामका लागि सरकारले चालेका कदम सकारात्मक

बैशाख १५, २०७८
कोरोना रोकथामका लागि सरकारले चालेका कदम सकारात्मक

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको आजको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरकारले चालेका कदमहरुलाई सकारात्मक रुपमा लिएको जानकारी दिएको हो । कोभिड–१९को प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्न सबै क्षेत्रको महत्वपूर्ण जिम्मेवारी र प्रयासहरु रहेको जनाउँदै आयोगले सरकारी निर्णयलाई कार्यान्वयनमा पनि जोड दिएको छ ।

भेटमा आयोगका सदस्य लिली थापा र सहसचिव मुरारी पोखरेलले उपप्रधानमन्त्री पोखरेललाई १३ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाए ।
ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नागरिकको स्वास्थ्यका विषयमा सरकार सरकारले गम्भीरतापूर्वक काम गरिररहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले आयोगले उठाएका अधिकांश विषय सीसीएमसीको सिफारिसमा बैशाख १३ को मन्त्रिपरिषद बैठकबाट निर्णय भएको जानकारी गराए ।  बाँकी विषयहरु सीसीएमसीको बैठकमा पेश गर्न र कार्यान्वयन गर्न उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिवलाई निर्देशन समेत दिए ।

मानवअधिकार आयोगले सिमा क्षेत्रमा संचालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रहरुलाई यथाशिघ्र व्यवस्थापन गरी संचालन गर्न, स्थानीय तहमा समेत क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रहरु संचालन गर्न, कोभिड १९ को बिरामीको उपचारका लागि थप साधन, स्रोत र जनशक्तिको ब्यवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्