२६ असार २०८३, शुक्रबार

दैनिक राशिफल : २०७८ वैशाख १६ गते बिहीबार

बैशाख १६, २०७८
दैनिक राशिफल :  २०७८  वैशाख १६ गते बिहीबार

मेष

व्यापार व्यवसायसम्बन्धी  कागज आदि राम्ररी जाँच गर्नुहोस् पछि तनावमा पर्न सक्ने सम्भावना रहन्छ । साझेदारी कार्यहरूमा खाताहरूको बारेमा पारदर्शिता राख्न निश्चित गर्नुहोस् । झमेला बाट बचिनेछ ।

वृष

कुनै पनि गाह्रो परिस्थितिमा तपाईको जीवनसाथी र परिवारका सदस्यहरूको पूर्णसहयोग पाउनुहुन्छ । विपरीत लिंगका व्यक्तिहरूसँग व्यवहार गर्ने क्रममा उचित दूरी बनाउनु आवश्यक छ ।

मिथुन

स्वास्थ्यमा वर्तमान वातावरणबाट आफूलाई जोगाउनुहोस् र पूर्ण सुरक्षामा सम्बन्धित नियमहरु पालना गर्नुहोस् । आयुर्वेदका नियमहरु उपयुक्त रहन सक्छ । घरमा नयाँ वस्तुहरूको संचित गर्न व्यस्त रहनुहुन्छ ।  

कर्कट

सामाजिक क्षेत्रमा रुची बढ्नेछ । आज केहि रचानात्मत कार्यमा व्यस्त भइएला । अरुलाई मद्दत गर्दा हजुरलाई आत्मिक आनन्द हुन्छ  । बच्चाको कुनै पनि सकारात्मक गतिविधिसंग धेरै खुशी हुनु हुनेछ ।

सिंह

श्रीमान-श्रीमती बीचमा पारस्परिक सद्भावमा केहि कमी हुनेछ ।  प्रेम सम्बन्धमा भावनात्मक घनिष्ठता बढ्नेछ । स्वास्थ्य राम्रो हुनेछ । तपाईको व्यवस्थित दिनचर्या र खानपानले तपाईलाई स्वस्थ र ऊर्जावान बनाउँदछ ।

कन्या

स्वास्थ्यमा केहि नकारात्मक परिणाम आउन सक्ला । कुनै पनि प्रकारको अनावश्यक यात्रा गर्नबाट बच्नुहोस् । दिमागमा राख्नुहोस् कि थोरै लापरवाहीले तपाईंलाई आफ्नो लक्ष्यबाट अलमल्याउन सक्छ ।

तुला

साना नकारात्मक कुराहरुको बेवास्ता गर्नुहोला । घरको उचित व्यवस्था राख्नुहोस् । घरेलु विवाद रहन सक्छ । सम्बन्धमा एक अर्काप्रति उचित भावना हुनु महत्त्वपूर्ण छ । घरको वातावरण रमाईलो हुनेछ । शुभ समाचार सुन्न सकिन्छ ।

वृश्चिक

समय अनुसार  उपलब्धिहरू नपुग्नसक्छ । हजुरका कार्यहरू योजनाबद्ध तरिकाले प्रदर्शन गर्नुहोस्, उचित सफलता पाउनुहुनेछ । कुनै पनि अवैध काममा ध्यान नदिनुहोस्, मानहानि हुने सम्भावना छ र त्यहाँ अनुसन्धान आदि हुन सक्छ ।

धनु

आज फुर्सदको समय रहनसक्छ । तपाई राम्रो परिणाम प्राप्त गरेर खुशी महसुस गर्नुहुनेछ । ग्रह-स्थितिले तपाईको लागि केही अवसरहरू सिर्जना गर्दैछ । रोकिएको अथवा दिएको पैसा पनि फिर्ता पाउन सकिन्छ ।

मकर

हजुरको उपलब्धिहरूका कारण केही नकारात्मक वृत्ति भएका व्यक्तिहरूमा डाहको भावना हुन सक्छ  । हजुरले कुनै पनि चीजहरूमा ध्यान नदिनुहोस् र तपाईको काममा समर्पित हुनुहोस् । रीस र हतारको कुनै पनि कार्य नगर्नु होला ।

कुम्भ

व्यवसायमा आज तनाब रहन सक्छ । कार्यस्थलमा कर्मचारीसँग मतभेद हुन सक्छ, तर परिस्थितिलाई शान्तिमय बनाउन हजुरले केहि कदम चाल्न सक्नु हुन्छ । आज अचानक खर्चको कारण दिमाग पनि विचलित हुनेछ ।

मीन

स्वास्थ्यमा टाउको दुखाइ र माइग्रेन समस्याले  विचलित हुन सक्नुहुनेछ । अस्वस्थ खानाबाट टाढा रहनुहोस् । योग र व्यायाममा पनि ध्यान दिनुहोस् ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्