३० जेठ २०८३, शनिबार

श्रीलंका : कोरोनाको बेलामा मन्दिरमा भीडभाड गराउने पुजारी पक्राउ

बैशाख १६, २०७८
श्रीलंका : कोरोनाको बेलामा मन्दिरमा भीडभाड गराउने पुजारी पक्राउ

श्रीलंकाको एक हिन्दू मन्दिरमा कोभिडको केसहरू बढिरहेको बेलामा पनि विशाल सभा आयोजन गरेको आरोपमा पुजारी लगायतलाई पक्राउ गरिएको छ । 

कोलम्बो गजेट पत्रिकाले दिएको खबरअनुसार, तमिलहरूको बाहुल्य रहेको जाफ्नामा श्री कामाक्षी अम्मन कोविल मन्दिरको उत्सवमा ठूलो भीडभाड भएको थियो । उत्सवमा कसैले पनि मास्क लगाएको थिएन र भौतिक दूरी पनि पालन गरेको थिएन । 

प्रहरीका अनुसार, मन्दिरको न्यासी मण्डलका प्रमुख तथा सचिवलाई प्रतिबन्ध उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ । सरकारले भीड हुने कार्यक्रममा मे ३१ सम्मका लागि प्रतिबन्ध लगाएको छ । 
 

सिन्हाला तथा तमिल नववर्षपछि श्रीलंकामा गत साता विद्यालय, पार्टी तथा जनसभामा मे ३१ सम्मका लागि प्रतिबनध लगाएको छ । 

सरकारी र निजी कार्यालयका कर्मचारीलाई घरैबाट काम गर्न भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्