२७ जेठ २०८३, बुधबार

निषेधाज्ञामा काठमाडौंभित्र बैंकका सबै शाखा खुला रहने

बैशाख १६, २०७८
निषेधाज्ञामा काठमाडौंभित्र बैंकका सबै शाखा खुला रहने

काठमाडौं उपत्यकाका ३ जिल्लामा बिहीवारदेखि लागू भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।

संघले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।

बैंकका सबै शाखामा ग्राहकको भीडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे ।

संघले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्