भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्दै सामाजिक सञ्जाल फेसबूकमा ह्याशट्याग रिजाइन मोदी अभियान चलाइएको छ ।
तर फेसबूकले त्यस ह्याशट्यागलाई ब्लक गरेकोमा अहिले भूलवश ब्लक भएको अनि सरकारले यसका लागि निर्देशन नदिएको भनी स्पष्ट पारेको छ ।
त्यसो त भारतमा कोरोना व्यवस्थापनमा सरकार चुकेकोमा भइरहेको आलोचना रोक्न सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आदेश दिइरहेको छ ।
‘
हामीले भूलवश यो ह्याशट्यागमा अस्थायी प्रतिबन्ध लगाएछौं तर भारत सरकारले हामीलाई निर्देशन दिएको हैन अनि अहिले फेरि त्यो ह्याशट्याग खोलिएको छ,’ फेसबूकका एक प्रवक्ताले बताए ।
बुधवार केही समयका लागि उक्त ह्याशट्याग ब्लक गरिएको थियो । उक्त ह्याशट्याग खोज्ने प्रयोगकर्ताहरूलाई यो अस्थायी रूपमा लुकाइएको किनकि केही सामग्रीहरू कम्युनिटी स्ट्यान्डर्ड विपरीत रहेको भनी सन्देश आएको थियो ।
भारतमा कोरोनाको दोस्रो लहरले स्वास्थ्य प्रणाली ध्वस्त पारेपछि मानिसहरूमा केन्द्र सरकारप्रति चरम आक्रोश छ ।