२५ जेठ २०८३, सोमबार

कोरोनाकालमा सकारात्मकताको खोजी : मज्जाले नाचे एम्बुलेन्स चालक (भिडियो)

बैशाख १६, २०७८
कोरोनाकालमा सकारात्मकताको खोजी : मज्जाले नाचे एम्बुलेन्स चालक (भिडियो)

भारतमा कोरोनाको कहर चलिरहेकोमा एम्बुलेन्स चालकह त्यसको बढी मारमा परिरहेका छन् । 

संक्रमितहरूलाई घरबाट अस्पताल पुर्‍याउन र झार्नपर्दा उनीहरू भाइरसको जोखिममा जहिले पनि पर्छन् । 

यस्तै एक एम्बुलेन्स चालकले उत्तराखण्डको हल्द्वानीमा सुशीला तिवारी अस्पताल नजिक जन्ती गइरहेको देखेपछि एम्बुलेन्सबाट ओर्लेर मज्जाले नाचेको भिडियो सार्वजनिक भएको छ । 

दिनभरि कोभिड रोगीहरूलाई लिएर हिँड्नुपर्दा तनाव र थकान हुने उनी बताउँछन् । त्यसैले तनाव भगाउनका लागि आफू नाचेको उनको भनाइ छ । 

पीपीई किट लगाएर ती चालक नाचेको दृश्य आफैंमा अनौठो छ ।
 

salt training

कमेन्ट गर्नुहोस्