२५ जेठ २०८३, सोमबार

कोरोना देखिएपछि गाउँपालिका बन्द

बैशाख १६, २०७८
कोरोना देखिएपछि गाउँपालिका बन्द

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।

गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यालयबाट प्रवाह हुँदै आएको स्वास्थ्यलगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए। कर्मचारीहरुको स्वाब परीक्षणका क्रममा बुधबार उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि आजदेखि वैशाख १९ गतेसम्मका लागि गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको मल्लले बताए।
 
पालिकाको अन्य वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववतरुपमा सञ्चालन गरिने मल्लको भनाइ छ । जिल्लामा समेत दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको भन्दै गाउँपालिकाले सङ्क्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्