२५ जेठ २०८३, सोमबार

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्रीको चासो

बैशाख १६, २०७८
क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्रीको चासो

उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् ।

 क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्