काठमाडौं, १५ जेठ– अर्थ मन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४÷७५ को बजेट सुरु गरेका छन् । संसद भवन बानेश्वरमा बजेट भाषण गर्दै महराले स्थानीय तहको दोस्रो चरणको चुनाव, प्रदेश तथा केन्द्रको चुनावलाई बजेटले यथेष्ट सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् ।
सरकारले चालू आवमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याउँदै छ । चालू आवको बजेट अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।