२५ जेठ २०८३, सोमबार

निषेधाज्ञा अवज्ञा गर्ने तीन जना जेल चलान

बैशाख १७, २०७८
निषेधाज्ञा अवज्ञा गर्ने तीन जना जेल चलान

रूपन्देहीमा बिहीवार निषेधाज्ञाको अवज्ञा गर्ने ३ जना जेल चलान भएका छन् ।

जिल्लाको मायादेवी गाउँपालिका–४ का २७ वर्षीया दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीया श्याम दुबे र मायादेवी–२ कै ३४ वर्षीया महेन्द्र कोहार जेल चलान भएका हुन् ।  पक्राउ परेका ८ जनामध्ये ३ जना एक महिनाको लागि जेल चलान भएका हुन् । 

निषेधाज्ञाको अवज्ञा गरेर हिँडडुल गर्ने काठमाडौँका ५२ वर्षीया हरि शाही ठकुरी, सिद्धार्थनगरका ९ का ३८ वर्षीया इरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुँवर रहेका छन् ।

पक्राउ परेका मध्ये पाँच जनाले ९ हजार १ सय रुपैयाँ जरिवाना तिरेर छुटेका हुन् भने, जरिवाना तिर्न नसक्ने ३ जना एक महिनाका लागि थुनामा गएका हुन् । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए । 

निषेधाज्ञालाई शुक्रवारदेखि थप कडाई गरिँदै छ । रुपन्देहीमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि बिहीवारदेखि वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्