
काठमाडौं, १५ जेठ - अर्थमन्त्री कृष्णबहादुर महराले यसपाली कुनैपनि सांसदका योजना बजेटमा नरहेको बताएका छन् । उनले व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै यसपाली स्थानीय निकायलाई आवश्यक पर्ने रकम सिधै पठाउने गरि बजेट बनाइएको बताए ।
‘माननीय ज्यूहरुले मेरो योजना पर्यो कि परेन भनेर हेर्नुभयो भने भेट्नुहुने छैन,’ उनले भने, ‘तर स्थानीय तहलाई आवश्यक पर्ने स्रोत उपलब्ध गराइएको छ । गाउँमै सिंहदरवार पुगेको छ ।’ वित्तिय हस्तान्त्रण कार्यक्रम मार्फत रकम हस्तान्त्रण गर्न लागिएको उनले बताए ।