२८ जेठ २०८३, बिहीबार

जूममा क्लास चल्दै गर्दा प्राध्यापकले पत्नीसँग रोमान्स गरेपछि...

बैशाख १७, २०७८
जूममा क्लास चल्दै गर्दा प्राध्यापकले पत्नीसँग रोमान्स गरेपछि...

कोरोनाकालमा सबै बैठक र क्लासहरू पनि अन्लाइन नै हुन थालेका छन् । तर बैठक र क्लासहरूमा गडबडी पनि देखिएका छन् । 
 

कोलम्बियामा एक शिक्षकले क्लास चल्दाचल्दै गरेको हर्कत भाइरल बनिरहेको छ । 

द डेली मेलमा आएको खबरअनुसार, कोलम्बियाको क्याथोलिक स्कूलका शिक्षकले अन्लाइन क्लास सक्नेबित्तिकै उनकी पत्नी उनीनजिक आइन् । शिक्षकले अन्लाइन जूम क्लास सकिएपछि क्यामरा बन्द गर्न बिर्सेछन् । 

क्यामरा खुलै राखेर पत्नीसँग शिक्षकले रोमान्स गरेको देखियो । उनले रोमान्सका क्रममा स्क्रीनमा हेर्दा अन्लाइन क्लास चलिरहेको पाए । हतारहतार बन्द त गरे तर त्यतिखेरसम्म उनको भिडियो रेकर्डिङ गरेर भाइरल बनाइसकिएको थियो । 

पछि ती शिक्षकले सबैसँग माफी मागे । आफूले गल्ती गरेको र क्लास सकिएपछि क्यामरा बन्द गर्न बिर्सनुहुँदैनथियो भने । 

आफूले जानीबुझी यसो नगरेको उनको भनाइ छ । 
 

क्याथोलिक स्कूलका प्रिन्सिपलले घटनाको अनुसन्धान शुरू गरेको बताएका छन् । 

प्रिन्सिपलले एक बयान जारी गरेर यो गम्भीर विषय भएको र शिक्षकले अनुचित काम गरेको अनि यसको अनुसन्धान भइरहेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्