काठमाडौं, १५ जेठ– सरकारले गाउँपालिकालाई अधिकतम १० देखि ३९ करोड रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै, नगरपालिकालाई १५ देखि ४३ करोड रुपैयाँ, उपमहानगरपालिकालाई ४० देखि ६३ करोड रुपैयाँ र महानगरपालिकालाई ५६ करोडदेखि १ अर्व २३ करोड रुपैयाँसम्म अनुदान दिईने अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणमा उल्लेख गरेका छन् ।