१५ असार २०८३, सोमबार

अमेरिकाविरुद्ध विभिन्न मोर्चामा युद्ध गरिरहने आतंकवादी संगठन अलकायदाको दाबी

बैशाख १७, २०७८
अमेरिकाविरुद्ध विभिन्न मोर्चामा युद्ध गरिरहने आतंकवादी संगठन अलकायदाको दाबी

यसै सप्ताहान्तमा ओसामा बिन लादेन मारिएको १० वर्ष पुग्नेछ ।

अमेरिकाको न्युयोर्कमा रहेको ट्विन टावरमा आक्रमण गराएर तीन हजारजनाको ज्यान लिने लादेन अलकायदा नामक आतंकवादी संगठनका प्रमुख थिए । 

त्यही अलकायदासँग सीएनएनले मध्यस्थकर्ताहरूमार्फत कुराकानी गरेको छ । अलकायदाका एक अधिकारीले सीएनएनलाई बताएअनुुसार, अमेरिकालाई इस्लामिक विश्वबाट पूरै नहटाएसम्म अलकायदाले विभिन्न मोर्चामा युद्ध गरिरहनेछ ।  

अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा सबै सैनिक फिर्ता बोलाउने घोषणा गरेको भए पनि अलकायदाले अमेरिकाको चिरकालीन युद्ध नसकिएको संकेत गरेका छन् । 

विगतमा अलकायदाले कसैको पनि प्रश्नको उत्तर दिने गरेको थिएन र आफ्नै प्रोपागान्डा फैलाउने गरेको थियो । अहिले आएर उसले किन पश्चिमी सञ्चारमाध्यमसँग कुरा गर्न खोज्यो भन्ने स्पष्ट छैन । 

आतंकवादको विश्लेषण गर्ने पल क्रुकश्यांकले सीएनएनसँग अलकायदाले गरेको कुराकानीको समीक्षा गर्दै भने, ‘बाइडन प्रशासनले अफगानिस्तानबाट सैनिक हटाउने निर्णय लिँदा उनीहरू खुशी भएका होलान् तर उनीहरूले हालैको समयमा बेहोरेका क्षतिबाट ध्यान हटाउन पनि यसो गरेका हुन सक्छन् ।’

कुनै समयमा संसारको ध्यान आकर्षण हुने गरी चिच्याउने अलकायदाको स्वर अहिले भासिएको छ । तर यो पूरै सकिएको छैन । र अब अमेरिकी सेना हटेपछि तालिबानसँग मिलेर फेरि जाग्नका लागि योजना बनाइरहेको अलकायदाको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्