१५ असार २०८३, सोमबार

पोर्चुगलमा खुल्यो संसारको सबभन्दा लामो झोलुंगे पुल, पार हुन मुटु चाहिन्छ मुटु

बैशाख १७, २०७८
पोर्चुगलमा खुल्यो संसारको सबभन्दा लामो झोलुंगे पुल, पार हुन मुटु चाहिन्छ मुटु

संसारको सबभन्दा लामो झोलुंगे पुल पोर्चुगलमा सञ्चालनमा आउन थालेको छ । 

कुल ५१६ मिटर लामो पुल अरूका नामक शहरमा छ । यसले अगिरास झरना र पाइवा गल्छीलाई जोड्छ । अरूका जियोपार्कले यो रोमाञ्चक पुल बनाएको हो । 

झरनाको मनोरम दृश्य, गल्छी र तीव्र गतिमा बहने नदी हेर्दै पुल पार गर्न १० मिनेट लाग्छ । तर डर लागेर आँखा चिम्लँदै दौडिँदै पार गर्ने हो भने चार मिनेटमा पुगिन्छ । 

यो तिब्बती शैलीको झोलुंगे पुल हो । यसलाई स्टीलका तार र दुई विशाल टावरले अड्याएका छन् । कुल १६ सय ९० फीट अग्लो छ । 
 

पाइवा नदी १७६ मिटर तल बगिरहेको छ । 
 

इटेकोन्स नामक संस्थाले पुलको डिजाइन बनाएको हो । यसको निर्माण पूरा हुन तीन वर्ष लागेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्