काठमाडौं, १५ जेठ– सरकारले खानेपानीको प्रवाह र सरसफाई आयोजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा २२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ ।
व्यवस्थापिका संसदमा बजेट भाषण गर्दे अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आवलाई खानेपानी तथा सरसफाई दिवसका रुपमा मनाईने घोषणा गरे ।