२५ जेठ २०८३, सोमबार

पाकिस्तानमा कोरोनाको दोस्रो लहरमा गम्भीर बिरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी

बैशाख १८, २०७८
पाकिस्तानमा कोरोनाको दोस्रो लहरमा गम्भीर बिरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी
फाइल तस्वीर

पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । 

यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका विरामीहरूको तुलनामा यसवर्ष कम्तीमा पनि ५७ प्रतिशतले विरामी बढेको पाइएको बताएका हुन् । 

पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका विरामी भएर भेन्टिलेटरमा रहेको संख्या ५ हजारभन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले ५ हजार ३६० जना कोभिडका विरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँको कोरोनाका संक्रमितहरुको संख्या उच्च पुगेको थियो ।

गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो । 

तर अहिले भने यसरी गम्भीर प्रकृतिको विरामी भएर भेन्टिलेटरमा राख्नु परेका विरामीको संख्या ५ हजार नाघिसकेको छ ।

यहाँका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको पनि बताएका छन् । 

पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्