काठमाडौं, १५ जेठ –भूकम्पका बेला सम्भावित जोखिमबाट बच्न सरकारले पर्याप्त खुला स्थानको व्यवस्थापन गर्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले भूकम्पबाट बच्न मुलुकका शहरी तथा ग्रामीण क्षेत्रमा खुला स्थानको व्यवस्थापन गरिने घोषणा गरे ।