२२ जेठ २०८३, शुक्रबार

दाङमा भेटिएका ३ बालकको शव पहिचान, २ जना पक्राउ

बैशाख १९, २०७८
दाङमा भेटिएका ३ बालकको शव पहिचान, २ जना पक्राउ

 
दाङमा भारतीय नम्बर प्लेटको कारभित्र फेला परेका ३ बालकको शव पहिचान भएको प्रहरीले जनाएको छ ।  तुलसीपुर उपमहानगरपालिका–६ मा आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय कारमा मृत भेटिएका उनीहरुको पहिचान खुलेको हो ।

बालकहरु तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, किरण परियारका ७ वर्षीय छोरा करण र सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिए ।

  तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।

तीनैजना बालक वैशाख १६ गतेदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन परेको थियो ।  चन्दका अनुसार  प्रहरीले अनुसन्धानका लागि गाडी मालिक यादवप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उक्त भारतीय गाडी चैतमा नै गैरेले ल्याएको खुलेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको त्यहाँका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए ।

मृतक बालकका आफन्तले हत्या भएको दावी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्