२२ जेठ २०८३, शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञानबाट उपचार गर्न भेरी अस्पताल जाँदै चिकित्सक

बैशाख १९, २०७८
कर्णाली स्वास्थ्य विज्ञानबाट उपचार गर्न भेरी अस्पताल जाँदै चिकित्सक

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो ।

“मौसमले साथ दिए र उडान भए आजै नेपालगञ्ज जाने तयारी गरिएको छ । “करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौँ”, डा गिरीले भने ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा टोली बनाएको छ । उक्त टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेर्छ । यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्