१६ असार २०८३, मंगलबार

कोरोना जाँच विनै लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन शुरू हुँदै, एमाले सांसदलाई संक्रमण

बैशाख १९, २०७८
कोरोना जाँच विनै लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन शुरू हुँदै, एमाले सांसदलाई संक्रमण

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको हो ।

कोरोना महामारीको समयमा पनि प्रदेशसभा सदस्यको पीसीआर जाँच विनै बैठक बस्न लागेको छ । 

एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । उनी घरमै आराम गरेर बसिरहेका छन् । महामारीमा पीसीआर जाँच विनै सभा बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

‘यो विषयमा सोचिएन । माननीयहरू आ–आफ्नो गृहजिल्लामा हुनुहुन्छ । आज बैठक शुरू हुने बेलासम्म आउनुहोला । त्यसैले स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्नेछ,’ उनले लोकान्तरसँग भने, ‘एमालेका १ जना माननीयज्यूलाई कोभिड देखिएको छ । उहाँ सभामा मतदानमा सहभागी हुन पाउनुहुनेछ ।’

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले कुनै पनि प्रदेशसभा सदस्यहरूको पीसीआर जाँच नभएको बताए ।  

कोरोना संक्रमित भएका एमाले सांसद श्रेष्ठले सबै सांसदको पीसीआर जाँच अनिवार्य गर्नुपर्ने भए पनि त्यसतर्फ सभामुख पूर्णबहादुर घर्तीले ध्यान नदिएको बताए । श्रेष्ठले लोकान्तरसँग भने, ‘म कोभिड भएर घरमै आराम गरेर बसेको छु । परिवारमा पनि संक्रमण देखिएको छ । सबै माननीयको पीसीआर जाँच गर्नुपर्नेमा प्रदेशसभा ध्यान दिएन । मेरो मतदानको अधिकार सुनिश्चित हुनुपर्छ । सभामा बोल्न पनि पाउनुपर्छ ।’ 

गण्डकी प्रदेश सभामा आवाज उठेपछि सबै सांसदको पीसीआर जाँच माग गरिएको थियो । सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतवार पेश हुनेछ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कूलप्रसाद केसीले अविश्वासको प्रदेशसभा बैठकमा प्रस्ताव टेबुल गर्नेछन् । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर जसपाका ४ सांसद मन्त्री बनेर सरकारमा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्