०३ असार २०८३, बुधबार

लुम्बिनीमा एमाले संसदीय दलको बैठक– मुख्यमन्त्री पुन: शंकर पोखरेललाई अघि सारियो

बैशाख १९, २०७८
लुम्बिनीमा एमाले संसदीय दलको बैठक– मुख्यमन्त्री पुन: शंकर पोखरेललाई अघि सारियो
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ ।

प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आइतवार बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिने तयारी गरेका छन् । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भने ।

लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्