
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक सकेर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
दिउँसो साढे १ बजे ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको स्रोतले बतायो ।
एमाले स्थायी कमिटी बैठकमा प्रदेशहरूमा उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।