१५ असार २०८३, सोमबार

अक्सिजन तथा आवश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

बैशाख १९, २०७८
अक्सिजन तथा आवश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण
फाइल तस्वीर

सत्तारुढ नेकपा एमालेले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्या तथा उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अक्सिजन तथा आवश्यक औषधीको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जनाएका छन् ।

बैठकमा भएका अन्य राजनीतिक निर्णय बाहिर आएको छैन । आइतवार मध्याह्नका लागि स्थायी कमिटीको बैठक बोलाइको थियो । 

बैठकले कोभिड विरुद्धको लडाईंमा पार्टी पंक्तिलाई सक्रिय भएर लाग्न आह्वान गरेको छ । स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्