२१ जेठ २०८३, बिहीबार

मोदी लोकप्रिय छन् भन्दैमा भाजपाले सबै चुनाव जित्दैन : प्रशान्त किशोर

बैशाख १९, २०७८
मोदी लोकप्रिय छन् भन्दैमा भाजपाले सबै चुनाव जित्दैन : प्रशान्त किशोर

भारतको पश्चिम बंगालमा ममता बनर्जीका निर्वाचन रणनीतिकार प्रशान्त किशोरले प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय छन् भन्दैमा उनको भारतीय जनता पार्टीले सबै चुनाव नजित्ने बताएका छन् । 
 

एनडीटीभीसँगको अन्तर्वार्तामा किशोरले यो निर्वाचनमा निकै कठिन संघर्ष गर्नुपरेको बताए । उनले भने, ‘हामीलाई निकै गाह्रो पर्‍यो । निर्वाचन आयोग हामीविरुद्ध पूर्वाग्रही थियो र हाम्रो अभियानलाई अप्ठ्यारोमा पारेको थियो । हामी

आफ्नो जीतमा विश्वस्त थियौं जबकि भाजपाले बंगाल जित्न लागेको भन्दै व्यापक प्रचारबाजी गरेको थियो,’ किशोरले भने । 

किशोरले डिसेम्बर २१ मा एउटा ट्वीट गरेर भाजपाले दोहोरो अंक पार गरेछ भने आफूले ट्विटर नै छोडिदिने र स्क्रीनशट गरेर राखे हुन्छ भनेका थिए । आजको दिन उनको त्यो ट्वीट भाइरल बनिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्