२६ जेठ २०८३, मंगलबार
एकै दिनमा हालसम्मकै धेरै संक्रमण

कोरोनाका ७ हजार २ सय ११ संक्रमित थपिए, २७ जनाको मृत्यु

बैशाख १९, २०७८
कोरोनाका ७ हजार २ सय ११ संक्रमित थपिए,  २७ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस कोभिड- १९ का ७ हजार २ सय ११ संक्रमित थपिएका छन् ।

१६ हजार १ सय ४७ पीसीआर परीक्षण गर्दा ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

यस्तै एन्टीजेनतर्फ ६ सय २३ परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा हालसम्म एकैदिनमा कोरोना पुष्टि भएको सबैभन्दा अधिक संख्या हो ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्