
लुम्बिनी प्रदेशमा ४२ सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरसहित केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको हो ।
केसीको पक्षमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुरलाल श्रीवास्तव र अजय शाही तथा साविकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।